खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

खोटाङ, १९ भदौ  । लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ ।

स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार जम्पर जोड्ने क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो ।

तर, अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषणा गरिएको थियो । गत १६ भदौमा छुट्याइएको जम्पर जोड्ने क्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो ।

मृतकका श्रीमती र चार सन्तान छन् । विद्युत गृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गर्दै स्थानीयलाई सहयोग गर्ने गरेका थिए । बिना सेफ्टी विद्युत मर्मतको काममा लाग्दा विभिन्न समयमा विद्युतका कर्मचारी र स्थानीयले ज्यान गुमाउने गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्