कांग्रेस महाधिवेशनमा चार प्रतिवेदन पेश, आजै पारित गर्ने तयारी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा चार वटा प्रतिवेदन पेश भएका छन्। आज सभापति गगन थापाले राजनीतिक प्रतिवेदनसहित चार वटा प्रतिवेदन पेश गरेका हुन्।

उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

चार वटै प्रतिवेदनमाथि छलफल गर्न तीन वटा हलमा छुट्टाछुट्टै छलफल हुने भएको छ। बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ।

हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्।

त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।

तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ सङ्गठनका २२५ प्रतिनिधि सहभागी छन्।

चार वटै प्रतिवेदन आजै पारित गर्ने तयारी गरिएको छ। भोलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्