खराब मौसमका कारण पाँच विमानस्थल बन्द

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ खराब मौशमका कारण भिजिविलिटी घट्दा शुक्रबार लुक्लासहित देशभरका ५ विमानस्थल बन्द रहँदा आन्तरिक हवाई उडान प्रभावित भएका छन्। 

काठमाडौं विमानस्थलका अनुसार भरतपुर, पोखरा, लुक्ला, सिमरा र सुर्खेत विमानस्थलमा बिहानैदेखि उडान सञ्चालन हुन नसकेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अन्तर्गत उडान सञ्चालन भइरहेका छन् । तर कम दृश्यताका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) अन्तर्गत हुने उडान प्रभावित भएका छन्।

विमानस्थल अधिकारीका अनुसार काठमाडौं विमानस्थल दृश्यता बिहान ६ बजे करिब तीन किलोमिटर थियो। बिहान १० बजेसम्म पनि दृश्यता करिब तीन किलोमिटरकै हाराहारीमा रहेको छ।

कम दृश्यताका कारण विशेषगरी लुक्लातर्फका उडान प्रभावित भएका छन्। उडानको प्रतीक्षामा रहेका पर्यटक तथा यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन्।

सीता एअरले शुक्रबारका सबै उडान रद्द गरेको छ। तारा एअर र समिट एअरका लुक्लातर्फका उडान भने मौसममा सुधारको प्रतीक्षामा छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन कार्यालयले सार्वजनिक गरेको शुक्रबारको आन्तरिक उडान कार्यक्रमअनुसार आन्तरिकतर्फ १ सय ३४ वटा प्रस्थान उडान निर्धारित छन्।

जसमा बुद्ध एयरका ५८, यती एअरलाइन्सका २७, श्री एअरलाइन्सका २३, समिट एअरका १०, तारा एअरका १०, सिता एअरका ४ र नेपाल एअरलाइन्सका २ वटा प्रस्थान उडान राखिएका छन्।

मौसम प्रतिकूल रहेकाले निर्धारित उडानमध्ये कतिपय रद्द, ढिलाइ वा समय परिवर्तन हुन सक्ने विमानस्थलले जनाएको छ। त्यसैले यात्रुले उडानअघि सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलबाट आफ्नो उडानको पछिल्लो अवस्था पुष्टि गर्न भनिएको छ ।काठमाडौँ — खराब मौशमका कारण भिजिविलिटी घट्दा शुक्रबार लुक्लासहित देशभरका ५ विमानस्थल बन्द रहँदा आन्तरिक हवाई उडान प्रभावित भएका छन्। 

काठमाडौं विमानस्थलका अनुसार भरतपुर, पोखरा, लुक्ला, सिमरा र सुर्खेत विमानस्थलमा बिहानैदेखि उडान सञ्चालन हुन नसकेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अन्तर्गत उडान सञ्चालन भइरहेका छन् । तर कम दृश्यताका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) अन्तर्गत हुने उडान प्रभावित भएका छन्।

विमानस्थल अधिकारीका अनुसार काठमाडौं विमानस्थल दृश्यता बिहान ६ बजे करिब तीन किलोमिटर थियो। बिहान १० बजेसम्म पनि दृश्यता करिब तीन किलोमिटरकै हाराहारीमा रहेको छ।

कम दृश्यताका कारण विशेषगरी लुक्लातर्फका उडान प्रभावित भएका छन्। उडानको प्रतीक्षामा रहेका पर्यटक तथा यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन्।

सीता एअरले शुक्रबारका सबै उडान रद्द गरेको छ। तारा एअर र समिट एअरका लुक्लातर्फका उडान भने मौसममा सुधारको प्रतीक्षामा छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन कार्यालयले सार्वजनिक गरेको शुक्रबारको आन्तरिक उडान कार्यक्रमअनुसार आन्तरिकतर्फ १ सय ३४ वटा प्रस्थान उडान निर्धारित छन्।

जसमा बुद्ध एयरका ५८, यती एअरलाइन्सका २७, श्री एअरलाइन्सका २३, समिट एअरका १०, तारा एअरका १०, सिता एअरका ४ र नेपाल एअरलाइन्सका २ वटा प्रस्थान उडान राखिएका छन्।

मौसम प्रतिकूल रहेकाले निर्धारित उडानमध्ये कतिपय रद्द, ढिलाइ वा समय परिवर्तन हुन सक्ने विमानस्थलले जनाएको छ। त्यसैले यात्रुले उडानअघि सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलबाट आफ्नो उडानको पछिल्लो अवस्था पुष्टि गर्न भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्