प्रतिनिधि सभाको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा आज विशेष छलफलका विषय छैनन् ।

बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरूको मनोनयन गर्ने, सभामुख सापकोटाले नै सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूका सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

सभामुख सापकोटाले विभिन्न संसदीय समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्