कुनै पनि पार्टीसगँ आफ्नो मात्रै खुट्टामा उभिएर एक्लै चुनाव लड्ने हिम्मत छैन : एमाले उपाध्यक्ष पौडेल

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्य कुनै पनि पार्टीसगँ आफ्नो मात्रै खुट्टामा उभिएर एक्लै चुनाव लड्ने हिम्मत नभएको बताउनुभएको छ ।

प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको सांगठनिक प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले एमालेका विरुद्ध सबै दलहरुको अपवित्र गठबन्धन गर्दा पनि स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत ल्याएको जिकिर गर्दै गठबन्धनको वैशाखी टेकेर एमालेसंग प्रतिष्पर्धा गरे पनि त्यो असफल हुने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले संवैधानिक कु गरेर आएकाहरु एमाले संग एक्लै लडनु बन्चारोले आफ्नै खुट्टामा हान्नु जस्तै ठान्ने बताउनुभयो । उहाँले एमाले एक्लै चुनाव लड्ने र निर्वाचनपछि सके बहुमतको त्यो नभए सबैभन्दा ठूलो दलको रुपमा एमालेले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले गठबन्धनले एमालेका विरुद्ध विभिन्न झुठा भ्रमहरु सिर्जना गरेको भन्दै त्यस्ता भ्रमहरुलाई र्चिनका लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्