काठमाडौं, २६ माघ । सुनचाँदीको मूल्य आज बढेको छ। आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।










