काठमाडौं, कार्तिक २९ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केहि दलले आफुलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाउनुभएको छ ।
शनिबार प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले जसपा, लोसपा लगाएत केहि दलले आफुलाई मधेशवादी रहेको झुटा नाटक गरिरहेको आरोप लगाउनुभएको हो । आफुलाई मधेशवादी भन्दैमा कोहि मधेशवादी नहुने भन्दै उहाले व्यवस्थामा पुष्टि गर्न सक्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेका अवस्थामा त्यसलाई लिएर प्रदर्शन गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । उहाले अदालतलाई विश्वास गर्दै आन्दोलन अन्त्य गर्न र सम्वादमा आउन आन्दोलनरत दललाई आग्रह समेत गर्नुभयो । उहाले आफ्नो प्रतिष्पर्धा कुनै दलसंग नरहेको र मधेशको गरिब, शान्ति सुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाले मधेश प्रदेशमा बिपक्षीले जारी राखेको आन्दोलनमा भारतको हस्तक्षेप भएको आरोप समेत लगाउनुभयो । मुख्यमन्त्री यादवले मधेश प्रदेशमा शान्तिसुरक्षा भंग गर्ने प्रयास भइरहेको समेत टिप्पणी गर्नुभयो ।













