११.२९ अंकले घट्यो नेप्से, ५ अर्ब ४१ करोडको कारोबार

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, कार्तिक २० ।  साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक ११.२९ अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५९६.१२ अंकमा समेटिएको हो।

बिहीबार बुधबारको तुलनामा कारोबार रकम भने केही बढेको छ। बुधबार चार अर्ब ६८ करोडको सेयर कारोबार भएकामा आज ५ अर्ब ४१ करोड ६९ लाख मूल्यबराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

बिहीबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ। आज ११ उपसूचक राताम्य भएका छन्।

वाणिज्य बैंक समूहको ०.४३ प्रतिशत, विकास बैंक ०.५४ प्रतिशत, फाइनान्स ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२५ प्रतिशतले सेयर मूल्य घटेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्