भारतको बराबंकी जिल्लामा बस दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ भने दुर्घटनामा २४ जना घाइते भएका छन् ।

घाइते मध्ये ६ जनाको अवस्ता चिन्ताजनक रहेको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक आज बिहान ट्रकले ठक्कर दिएको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोवा जाँदै गर्दा युपी९३बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए ।

त्यसैबेला पछाडीबाट ट्रकले ठक्कर दिएको थियाे । बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्