
श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्कनुभएको छ ।
देशको आर्थिक अवस्था बिग्रिए पछि फरार हुनुभएका राजापाक्षे हिजो सिङ्गापुर एयरलाइन्सबाट स्वदेश फर्किनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमाथि कब्जा गरेपछि उहाँ माल्दिभ्स हुँदै सिङ्गापुर पुग्नुभएको थियो । सिङ्गापुर सरकारले एक महिना मात्रै बस्न अनुमति दिएपछि राजापाक्षे स्वदेश फर्कनुभएको हो ।