सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

सिरहाको नरहा गाउँपालिका-५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षीय सुनिल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएका यादवलाई तत्काल सिरहाको धनगढीमाई नगरपालिका-९ स्थित आरके मेरीसीटी अस्पताल पुर्‍याइएको थियो । उनलाई लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्