अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर शिनवारीको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २४ असार । अफगानिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको गएराति निधन भएको छ । उनले नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत अम्पारिङ गरेका थिए ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अम्पायर शिनवारीको निधन भएको पुष्टि गरेको हो । एसीबीकाअनुसार शिनवारी लामो समयदेखि बिरामी रहेका थिए । ४१ वर्षको उमेरमा निधन भएका शिनवारीले ३४ एकदिवसीय र २६ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अम्पायरको भूमिका निर्वाह गरिसकेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्