लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्छ- कुलमान घिसिङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १० । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्ने बताउनुभएको छ ।

शनिबार भक्तपुरको श्री निलबाराही मन्दिर परिसरमा श्रमदानबाट सरसफाइ कार्यक्रममा घिसिङले जनता र राम्रो टीमका कारण नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल भएको भन्दै यसलाई निरन्तरता दिनका लागि नेतृत्वका साथै व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने बताउनुभएको हो । उहाले हावाहुरी लगाएतका कारण बाहेक बती आउने–जाने कुरालाई प्राधिकरणले गम्भीर रुपमा लिदै उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

घिसिङले प्राधिकरणको अहिलको नयाँ नेतृत्वले सहि मान्छे सहि ठाँउमा व्यवस्थापन गर्दै उनीहरुको मनोवल उच्च राखेर काम गरे २४ घण्टा नै बती नजाने गरि व्यवस्थापन गर्न सकिने धारणा राख्नुभयो । त्यस्तै उहाले आफुले अहिलेसम्म गरेका कामको अनुभवका आधारमा जनतामा समर्पित भएर लाग्ने उल्लेख गर्नुभयो ।

उहाले उज्यालो नेपाल बती उज्यालोको मात्रै नभएर धेरै क्षेत्रमा रहेका अध्यारोलाई उज्यालोमा परिणत गर्ने दायित्व सवैको भएकाले आफु पनि त्यसका लागि क्रियाशिल हुने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्