समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा विरोध प्रर्दशनसहितको जनासभा गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र २ । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत्र १५ गते काठमाडौंमा विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको जनाएको छ ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समाजवादी मोर्चाले गणतन्त्रको रक्षाको निम्ति प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध चैत्र १५ गते काठमाडौंमा विरोध प्रर्दशन सहितको जनसभा आयोजना गरिएको जनाएको हो । मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना र भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त भएको समेत जनाएको छ । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत रहेको भन्दै मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको आरोप लगाएको छ ।

सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको मोर्चाको ठहर छ । पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको प्रदर्शनले झस्केको नभइ गणतन्त्रका पक्षधरहरुले जनतासमक्ष त्रुटी स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको जानकारी दिनुभयो ।

प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पार्नुभयो । उहाले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राख्नुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले पूजिवादी व्यवस्थालाई परिवर्तन गनुपर्ने भन्दै सामन्तवादको व्यवस्थामा भने फर्कन नहुने जिकिर गर्नुभयो । व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर नभइ अग्रगमनतिर आउन उहाले आह्वान गर्नुभयो ।
समाजवादी मोर्चाले जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागिपरेको भन्दै सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य कार्यभार रहेको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्