पुर्वाधार तथा विकास समितिद्धारा खानेपानी मन्त्रालयमा भएको आगलागीको निरिक्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २७ माघ । प्रतिनिधिसभा अन्तर्गतको पुर्वाधार तथा विकास समितिले खानेपानी मन्त्रालयमा भएको आगलागीको निरिक्षण गरेको छ ।

आइतबार समितिका सभापति दिपक बहादुर सिंह नेतृत्वको समितिको टोलीले खानेपानी मन्त्रालयमा भएको आगलागीको स्थलगत निरिक्षण गरेको हो ।

समितिलाई खानेपानी मन्त्री प्रदीप यादवले आगलागीको घटना र क्षतिका बारेमा जानकारी गराएका थिए । समितिका सभापति दिपक बहादुर सिंहले यस घटनाले पाठ सिकाएको बताउँदै अब यस्ता घट्ना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बतए । उनले निरक्षणका क्रममा कार्यालयका कागजपत्रमा कुनैपनि क्षति नपुगेको समेत बताए।

सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार विहान आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्