
काठमाडौं। बजारमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।
राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमार्फत ३० अर्ब रुपैयाँ उठाउन लागेको हो। यसअघि बुधबार मात्रै राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ खिचेको थियो।
राष्ट्र बैंकले आगामी २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको हो। बोल गर्न सकिने रकम कम्तिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने रकम रहेको छ।
आज खिच्न लागेको रकमको साँवा र ब्याज आगामी फागुन १८ गते भुक्तानी हुनेछ। यसको ब्याजदरसमेत बोलकबोल हुनेछ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था रहेको छ।