स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका समूहहरुद्धारा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

खबर बुक
  • ख-
  • ख+

आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका समूहहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

बिहीबार ललितपुरमा स्वतन्त्र उम्मेदवारहरुले साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरेको हो । सो क्रममा अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । कार्यक्रममा अभियानका संयोजक सुमन सायमीले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

उहाले स्वतन्त्र उम्मेद्वारहरुलाई अन्तिममा मात्रै चिन्ह प्रदान गर्ने र समानुपातीक मतको पनि कुनै औचित्य नहुने गरि निर्वाचन आयोगको पक्षपातीपूर्ण काम गरेको बताउनुभयो । अन्य स्वतन्त्र उम्मेदवारहरुसंग पनि निरन्तर छलफलमा रहेको उहाले बताउनुभयो ।

त्यस्तै अन्य उम्मेदवारहरुले निर्वाचित भए गलत काम नगर्ने प्रतिवद्धता गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्