माघ १५ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनबाट

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, ३ माघ ।  त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले दिने सेवाहरू अब अनलाइनबाटै पाइने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्