बबिना भट्टराईको ‘बालापनको तीज’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ साउन । चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा बालबालिकाहरुलाई लक्षित गरेर ‘बालापनको तीज’ बोलको बाल तीज गीत सार्वजनिक भएको छ ।

गायिका बबिना भट्टराईको मूल स्वर रहेको योे गीतमा सुप्रिमा, जेसस, रोशिका दिप्साल, रितिसाको समूह गायन रहेको छ भने शब्द भीष्म मणि पान्डेको रहेको छ ।

सुपर डान्सर नेपाल सहित दर्जनौं रियालिटी शो लगायत सयौँ नृत्य,गायन र अभिनय प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेकी सुप्रीमा एउटा सम्भावना बोकेकी बाल प्रतिभा हुन् ।  ८ मिनेट ५८ सेकेन्डको यो म्युजिक भिडियोमा सुप्रीमाको पनि मुख्य अभिनय देख्न सकिन्छ । उनको तिजको गीत बालापनको तीज अहिले नेपालको युटुब ट्रेन्डिङमा आइरहेको छ ।

तनहुँको भानु नगरपालिका स्थायी घर भएकी सुप्रीमा असाधारण प्रतिभा भएकी बाल कलाकार हुन् । राम्रो अवसर पाएको खण्डमा उनले अझै उचाइ चुम्ने उनको अभिभावकको भनाइ छ । केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

 

गित हेर्नुहाेस 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्