सस्कृती संरक्षण तथा जगेर्नाको लागि बम बहादुर कार्की को नेतृत्वमा नया संस्था खाेलि

खबर बुक
  • ख-
  • ख+

३ असार, काठमाडौं ।सस्कृती संरक्षण तथा  जगेर्नाको लागि वरिष्ठ लोकगायक बम बहादुर कार्की को नेतृत्वमा नया सस्था खाेलिएकाे छ । यस्तै सस्थाकाे नेतृत्वमा अर्का लोक तथा दोहोरी गायक  विष्णु खत्री पनि हुनुहुन्छ ।

‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नाममा खाेलिएकाे सस्थाले नेपाल भित्रका सस्कृती संरक्षाणमा जाेड दिने बताइएकाे छ । अाइतबार  लाेगाे सार्वजनिक गरिएकाे सस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नाममा दर्ता भएको छ ।

यस सस्था गीत संगीतका सबै क्षेत्रलाई समेटेर फरक ढगंबाट अगाडि बढ्ने लक्षय लिएकाे छ । कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि प्रशासनमा दर्ता भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्