‘तिम्रो यादमा’ बोलको गजलमा योगेश काजी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ वैशाख । तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ । मनोरथ कटेल ‘नन्दु’को शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ । गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ ।

पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् ।

अमेरिकामा रहेका गीतकार ‘नन्दु’का यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् । गीतकार ‘नन्दु’ले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।

भिडियाे लिंक : https://youtu.be/IKSHfot5iAg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्