‘दुई कदम’को ८० प्रतिशत छायांकन

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, १७ वैशाख । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘दुई कदम’को ८० प्रतिशत छायांकन सकिएको छ । फिल्मको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ ।

दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बूको निर्माण छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ ‘भंगेरी’, कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ ।

फिल्मका निर्देशक सुब्बाले दर्शकलाई एउटा राम्रोा प्रेमकथाको फिल्म दिनका लागि आफूहरुले मेहनत गरिरहेको बताए । अभिनेता पहारीले धेरै समयपछि अलिक फरक किसिमको प्रेमकथाको फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए ।विक्रम डिसीको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व र रामजी लामिछानेको नृत्य छ । फिल्म भदौमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्