‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १४ वैशाख ।  नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खला बलराम विश्वकर्माले जितेका छन् । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । भोटका आधारमा विजेता चयन गरिएकाे थियाे ।

हिजाे सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए ।

प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले  तीन लाख रुपैयाँ नगदसहित पुरस्कार पाएका छन् । यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै दुई लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेका छन् ।

लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्