जुनियर एनटीआरको फिल्म ’एनटीआर ३० मा भिलेन सैफ अली खान

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ५ वैशाख । अभिनेता जुनियर एनटीआरको फिल्म ‘एनटिआर ३०’ अहिले स्टारकास्टका कारण चर्चामा छन् । यो फिल्ममा अब अभिनेता सैफ अली खानको पनि अभिनय रहनेछ । फिल्ममा उनी भिलेन चरित्रमा देखिनेछन् । फिल्ममा जान्हवी कपूरको पनि अभिनय रहनेछ ।

हालैमात्र सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भइरहेको छ, जसमा सैफ र जुनियर एनटिआर सँगै देखिएका छन् । हालैमात्र जान्हवीको जन्मदिनमा अभिनेत्रीको फस्टलुक सार्वजनिक भएको थियो ।

फिल्मका लागि सैफले सुटिङ सुरु गरिसकेका छन् । कोरताला शिवा निर्देशित फिल्म सन् २०२४ अप्रिल ५ मा विश्वभर एकसाथ रिलिज हुँदैछ । फिल्म तेलुगु, तमिल, मलयालम र हिन्दी भाषामा रिलिज हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्