सबै रेकर्ड ब्रेक्र गर्दै पठानले कमायो १ हजार ३५ करोड बढी

खबर बुक
  • ख-
  • ख+

मुम्बई, २३ फागुन । शाहरुख खान अभिनित पठानले १०३६ करोड संकलन गरेको छ ।

गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो ।

सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ । बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्