५१२ पालिकामा आज कांग्रेस अधिवेशन, बाँकी २४१ मा भोलि र पर्सि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ।

कांग्रेसका अनुसार ५८ जिल्लाका ती पालिकामा उद्घाटन तथा बन्द सत्र सुरु भई निर्वाचनसमेत भएको छ। कतिपय पालिकामा नेतृत्व चयन भइसकेको छ भने अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन जारी रहनेछ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेपछि कांग्रेसले अधिवेशनका क्रममा आवश्यक सावधानी अपनाउन निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचन अधिकृतहरूलाई मौसमको अवस्था हेरी आफ्नो मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन अनुकूल समयमा सञ्चालन गर्न निर्देशन दिएका छन्।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने कार्यतालिका छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्