रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत स्वर्णिमलाई, दोस्रोमा सोबिता

खबर बुक
  • ख-
  • ख+

११ असार, काठमाडौं । रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत स्वर्णिम वाग्लेले ल्याएका छन् ।

त्यस्तै दोस्रो धेरै मत कानुनमन्त्री समेत रहेकी नेतृ सोबिता गौतमले प्राप्त गरेकी छिन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, गौतमले २५९४ मत प्राप्त गरेकी छिन् । उनले प्राप्त गरेको यो मत खुलातर्फको हो । प्रवासको तर्फबाट प्राप्त मत पनि यसमा जोडिन्छ ।

वाग्लेले खुलातर्फ २६०७ मत प्राप्त गरेका छन् भने प्रवासबाट ४९ मत गरी २६५६ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्