काठमाडौं, २९ असार । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ।
आज (आइतबार) छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गत शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ।











