विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ कात्तिक । देशको विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

खिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सडक छेउको नालीमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कन्काई नगरपालिका–२ धनुषकोटी पिक्निक स्पोर्टको गेट अगाडि फलाईचामा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्