बैतडीमा भीरबाट लडेर गाउँपालिका कर्मचारीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बैतडी, २७ कात्तिक । खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका-८ की २७ बर्षिया सरस्वती धामी, बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।

मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । बैतडीका ठाउँमा महिलाहरू भीरमा खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् । गत साउनयता सातजनाको ज्यान गइसकेको छ । हिउँदमा पशुचौपायालाई खुवाउन खर फागलाबाट काटेर थुप्रो बनाउने चलन छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्