गढीमाई मेलाको सुरक्षामा पाँच सय सशस्त्र प्रहरी परिचालित

खबर बुक
  • ख-
  • ख+

 २७ मंसिर, काठमाडौं ।गढीमाई पञ्चवर्षीय मेला २०८१ को सुरक्षाका लागि पाँच सय सशस्त्र प्रहरी खटिएका छन् ।  बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ पाँच सय सशस्त्र प्रहरी २४सै घण्टा परिचालित भएको हो । 

मंसिर १ गतेदेखि सुरु भएको मेला यही ३० गतेसम्म संचालन हुनेछ । उक्त मेलालाई सुरक्षित एवं भयरहीत वातावरणमा सम्पन्न गराउनका सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमाण्डमा टोली परिचालन भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्