जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

२७ मंसिर, काठमाडौं ।जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।

जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्