२५ मंसिर, काठमाडौं ।प्रतिकूल मौसमका कारण मंगलबार तराईका विभिन्न जिल्लाको आन्तरिक उडान प्रभावित भएको छ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्दा अधिकांश हवाई कम्पनीले काठमाडौंबाट उडान भरेका छैनन्। अग्रिम टिकट लिएर गन्तव्यमा जान लागेका यात्रु उडान नहुँदा विमानस्थल यात्रु कक्ष भरिभराउ भएको छ।