पञ्जाबका पूर्वउपमुख्यमन्त्रीमाथि गोली प्रहार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , १९ मंसिर । भारतको पञ्जाबका पूर्वउपमुख्यमन्त्री एवं शिरोमणि अकाली दलका अध्यक्ष सखुवीर सिंह बादलमाथि गोली प्रहार भएको छ ।

भारतको अमृतसरस्थित स्वर्ण मन्दिरको  प्रवेशद्वारमा पूर्वलोकसभा सदस्य समेत रहेका बादलमाथि बुधबार बिहान गोली प्रहार भएको हो ।

उनीमाथि आक्रमण भएको घटनाको भिडियोमा एक वृद्ध व्यक्ति उनीतर्फ अघि बढेको देखिन्छ । त्यसपछि पेस्तोल निकालेर फायर गरेको देखिएको छ ।

बादलसँग भएका अन्य व्यक्तिले ती वृद्धिलाई समातेको बताइएको छ । उनलाई नलागी मन्दिरको भित्तामा गोली लागेको छ ।

आक्रमणकारीबाट पेस्तोल बरामद गरिएको छ । घटनालगत्तै सुरक्षाकर्मीले बादललाई घेरा हालेर सुरक्षा दिएका थिए ।

आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्