स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १६ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

एक नगरपालिका प्रमुख, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी रहेका छन् । सोमबार साँझसम्म उपनिर्वाचनको अन्तिम नजिता सार्वजनिक हुने आयोगले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्