सरकारले एशियाली बिकास बैंकबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १६ । सरकारले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली बिकास बैंकबाट सहुलियतपूर्ण ऋण र अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नवीनतम सिंचाई आयोजना कार्यान्वयनका लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने १ सय १० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जनकारी दिनुभयो ।

त्यस्तै बैठकले चालू आर्थिक बर्षका लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्यप्रति क्वीन्टल रु ५ सय ८५ रुपैया काम गर्ने निर्णय गरेको छ भने उखु किसानलाई प्रतिक्वीन्टल रु ७० रुपैया अनुदान रकम उपलव्ध गराउने निर्णय पनि गरेको छ ।

बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने एक सम्मेलनमा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृति दिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै मन्त्रीपरिषद्ले सोमबारबाट प्रधानमन्त्री केपी ओलीबाट हुने चीन भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डप गठन तथा भ्रमणलाई स्वीकृत गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्