काठमाडौं, मंसिर १६ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी चलिरहेको छ ।
मतगणनाको सम्पुर्ण तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराएका हुन ।
नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी दिएका छन । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।