उचित क्षतिपूर्ति पाउनु पर्ने भन्दै सुरूङ्ग मार्गको काम ठप्प

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको चन्द्रागिरिका स्थानियले उचित क्षतिपूर्ति नपाए सम्म सुरूङ्गमार्गको काम अघि बढ्न नदिने भन्दै प्रदर्शन गरेका छन् ।

सुरुङ्ग मार्ग निमार्णको क्रममा घरहरुमा समस्या आएको , चिरा परेको र पानी सुकेको भन्दै स्थानीयहरुले आन्दोलन गरेका हुन् । विगत ६ दिन देखि स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनु पर्ने भन्दै सुरूङ्ग मार्गको काम ठप्प पारेका हुन् । पटक पटक सरकारले वार्ता, भेटघाट तथा आस्वासन देखाए पनि आयोजनाले मागको सुनुवाई गरेको स्थानीयले बताए । चन्द्रागिरि नगरपालिकाले स्थानीय जनताको माग प्रति सकारात्मक तवरले सहजिकरण नगरेको उनीहरु रुष्ट बनेका छन् ।

आयोजनाले भने स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाई भईरहेको जनाएको छ । हालसम्म आयोजना सम्पन्न भईसक्नु पर्नेमा ८२ प्रतिशत काम सकिएको छ भने दैनिक १२० मिटर ढलान हुनु पर्ने काम पनि रोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्