स्थानीय सरकारले रोजगारी सिर्जना गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

खबर बुक
  • ख-
  • ख+

तनहुँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे-भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्न उहाँको सुझाव थियो ।


उहाँले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला,वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिनुभयो । तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उहाँले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएको बताउनुभयो । ञ राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएको हुनुपर्छ ,झ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ञत्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेको छ ।


भानु नगरपालिकाका प्रमुख आनन्द ढुँगानाले नयाँ शहर आयोजना कार्यालय डुम्रे(भन्सार तनहुँको एकीकृत सरकारी भवनको निर्माणले नागरिकलाई सेवा प्रवाहमा सहज भएको बताउनुभयो । उहाँले भानु नगरलाई साँस्कृतिक रूपमा ऐतिहासिक नगरका रूपमा विकास गर्ने लक्ष्यका साथ आफूले काम गरिरहेको र त्यसमा शहरी विकास मन्त्रालयको साथ पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्