बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने परराष्ट्रमन्त्री देउवाको भनाइ

खबर बुक
  • ख-
  • ख+

१३ मंसिर, काठमाडौं ।परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआईबारे कांग्रेस–एमालेबीच मतभिन्नता छ भन्ने विषय मिडियाले सिर्जना गरेको बताएकी छिन्। 

बिहीबार चीन प्रस्थान गरेकी मन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएकी हुन्। उनले यसलाई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको उनले बताइन्।

परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै उनले बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने बताइन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी बिहीबार त्यसतर्फ लागेकी हुन्। उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन्।

उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्