अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।
जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।
अभिनेता शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्दा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको थियो। तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ।
उनी हाल तनहुँ कारागारमा छन् ।









