शान्तिप्रक्रियाका घटकदलहरुबीच अहिले विश्वासको संकट देखियो -नेता सिटौला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले शान्तिप्रक्रियाका घटकदलहरुबीच अहिले विश्वासको संकट देखिएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया : विगत र वर्तमान बिषयक अन्तक्रिया कार्यक्रममा सिटौलाले अहिले सवै मिलेर शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्नुपर्ने भएपनि शान्तिप्रक्रियाका घटकदलहरु बीच अहिले विश्वासको संकट देखिएको बताउनुभएको हो ।

कांग्रेस, एमाले र माओवादीबीचको सम्बन्ध एकले अर्कालाई सहयोग भन्दा पनि प्रयोग गर्ने अवस्थामा समेत रहेको उहाले बताउनुभयो । सिटौलाले शान्तिसम्झौता आजको राजनीतिक अवस्थाको प्रमुख आधार भएकाले शान्तिप्रक्रियाका घटकदलहरुबीच विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन ढिलाई भएकाले सवै दल गम्भीर हुनुपर्ने बताउनुभयो । संक्रमणकालीन न्यायसंगसम्बन्धीत आयोगहरुमा सक्षम व्यक्तिहरु नियुक्त गरेर उजुरीहरुको तथ्यका आधारमा समाधान खोज्ने उहाले बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान संशोधनको चर्चा चलिरहेका बेला संघीयतालाई नै कमजोर पार्ने गरि हुने कामले द्वन्द्व सिर्जना गर्न सक्ने खतरा देखिएको बताउनुभयो । उहाले द्वन्द्व नभई शान्तिलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक बिकासको बाटोतर्फ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
उहाले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकारलाई समृद्ध बनाउनका लागि सवै दलहरु गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्