मालढुङ्गा–बेनी सडक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा बन्द हुने

खबर बुक
  • ख-
  • ख+

४ मंसिर, काठमाडौं ।उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ ।

सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा सडक खण्ड बन्द गर्न लागिएको हो ।सडकको प्रवेश विन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न गाडी बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडीको आवतजावत रोकेर निर्माणको काम गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्