४ मंसिर, काठमाडौं ।आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।
यो वर्ष संयुक्त राष्ट्र सङ्घले सुरक्षित शौचालयको प्रयोगलाई शान्तिसँग जोडेर नारा तय गरेको छ । विश्व शौचालय दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी रूपमा सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम भइरहेका छन् ।
नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त घोषणा गरिएको हो ।