डेडिकेटेड/ट्रंकलाइन विवादः कुलमानले काटेको बिजुलीको बिल अध्ययन गर्न तीन सदस्यीय समिति गठन

खबर बुक
  • ख-
  • ख+

काठमार्डौँ, ३ मङ्सिर । सरकारले नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गर्दै आएका उद्योगीसँग असुल्न खोजेको प्रिमियम महसुल विवादमा काटेका बिलबिजकको अध्ययन तथा पुनः गणना गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ।

सरकारले विद्युत् महसुल बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसाबले आवश्यक जाँच गरी प्रतिवेदन पेस गर्न ललितपुरस्थित नेसनल कलेज अफ इन्जिनियरिङका प्राडा अरबिन्दकुमार मिश्र संयोजकत्वको तीन सदस्यीय विज्ञ समिति गठन गरेको हो।

462566829_871936681766235_4640166652490396604_n-1731922746.jpg
डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगको विद्युत् महसुल विवाद समाधानका २०८० पुस २४ को मन्त्रिपरिषद् निर्णयअनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित जाँचबुझ आयोगले २०८१ वैशाख १३ मा पेस गरेको प्रतिवेदनमा टेकेर मिश्र समितिले प्रिमियम महसुल विवादबारे प्रतिवेदन बनाउनेछ।

समितिलाई २०६१ कात्तिक २५ को मन्त्रिपरिषदबाट भएको निर्णय र जाँचबुझ आयोगले दिएको प्रतिवेदन सिफारिसअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म टाइम वा डे (टीओडी)) मिटरसमेतको आधारमा डेडिकेटेड फिडर तथा ट लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकको बक्यौता विद्युत महसुल निर्क्याैलसम्बन्धी आवश्यक सत्यतथ्य विवरण , प्रमाण संकलन एवं प्रमाणीकरण गर्ने मुख्य कार्यादेश दिइएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्