काठमार्डौँ, ३ मङ्सिर । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौं बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायात व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स सम्मानित भएको छ।
३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उतकृष्ठ करदाताको रुपमा सम्मान गरेको हो। होटल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्नेमा कम्पनीका रुपमा पटक–पटक सम्मानित भइसकेको छ।
नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ इन्डझ पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको र करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन्।
१० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० बाट सञ्चालनमा आएको थियो।
होटलले यसअघि आर्थिक वर्ष २०७१/७२,२०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सम्मानित भइसकेको छ। होटललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेबापत २०७६ मा सम्मानित गरेको थियो।