कर्मचारी कार्यालय पुगेपछि सरकारले दियो शोक बिदा!

खबर बुक
  • ख-
  • ख+

३ मंसिर, काठमाडौं । आइतबार दिउँसो २ बजे पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा  पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भयो। आइतबार दिउँसो निधन भएपछि सरकारले बेलुकी नै सार्वजनिक बिदा घोषणा गरेन।

तर, सोमबार बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएर सरकारले सार्वजनिक बिदा दिएपछि कार्यालय पुगेका सरकारी कर्मचारी अन्योलमा परेको देखियो। केन्द्रीय अड्डा सिंहदरबारका चारै ढोकाबाट सधैंझै कार्यालय समय सिंहरदरबार पुगेका कर्मचारीले मन्त्रिपरिषद् निर्णय बल्ल थाहा पाए। त्यसपछि सरकारी कर्मचारी बाहिरिए।

मन्त्रिपरिषद् बैठकले २०४८ को प्रतिनिधिसभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बताए।


रकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने उनले जानकारी दिए। अन्त्यष्टिअघि सानो गौचरणमा राखिने पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नेछन्।

ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो। ढुंगानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिएकाे छ। स्व.  ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्