सवारी दुर्घटना कम गर्न सब जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २ । गृहमन्त्री रमेश लेखक सवारी दुर्घटना न्युनीकरणका लागि सबै निकाय संवेदनशिल र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सवारी दुर्घटना जोखिम न्युनीकरण सम्वन्धमा आयोजित छलफल कार्यक्रममा गृहमन्त्री लेखकले यात्रुबाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तिव्र गतिमा सवारी चलाए कानुन बमोजिम जरिवाना र कारबाही गर्न निर्देशन दिनुभएको हो ।

त्यस्तै सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकारवाला निकायलाई उहाले निर्देशन दिनुभयो । मन्त्री लेखकले जोखिम रहेका सडक राजमार्गहरु तत्काल मर्मत सम्भारमा ध्यान दिन पनि सम्वन्धीत मन्त्रालयका अधिकारीहरुलाई आग्रह समेत गर्नुभयो । सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्युनीकरणका लागि गहन छलफल भएको नेपाल यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाले व्यवसायीलाई सहजीकरण गर्दै यस क्षेत्रलाइ थप सुरक्षित बनाउने गरि अघि बढ्नुपर्नेमा आफुहरुले सुझाव दिएको बताउनुभयो । बैठकमा सहभागीहरुले प्रविधिीमैत्री यातायात क्षेत्रको विकासका साथै ट्राफिक व्यवस्थापन पनि आधुनिक प्रविधिको विकासमा जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्