सर्वोत्तम सिमेन्ट २ करोडभन्दा बढी नोक्सानीमा

खबर बुक
  • ख-
  • ख+

२ मंसिर, काठमाडौं ।सर्वोत्तम सिमेन्ट चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १७ करोड ३८ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो ।

यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले य सवर्ष १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।

नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट यो कम्पनीले आईपीओ निष्कासन गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । अदर इक्वीटी ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३३ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ ।

दिर्घकालिन कर्जा १२ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रहेको छ । पहिलो त्रैमाससम्म १ रुपैयाँ ९४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १९८ रुपैयाँ ३३ पैसा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्