२ मंसिर, काठमाडौं । पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
घटनापछि एक २१ वर्षीय युवकलाई प्रहरीले प्रक्राउ गरेको छ।स्नातक परीक्षामा खराब नतिजा आएका कारण प्रमाणपत्र प्राप्त गर्न असफल भएपछि दुःखी भएपछि उनले आक्रमण गरेको अपराधमा संलग्न व्यक्तिले प्रहरीसँग बयान दिएको चिनिया सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।